दफा ३१
विद्युत संरचनाको सुरक्षा
(१) कुनै विद्युत उत्पादन केन्द्र, रुपान्तर केन्द्र, उपकेन्द्र, विद्युत उत्पादनको लागि बनाइएको पोखरी वा विद्युत सित सम्बन्धित कुनै संरचनाको सुरक्षाको लागि अनुमतिपत्र प्राप्त व्यक्तिको अनुरोधमा वा स्वयं आफ्नो विचारमा त्यस्तो सुरक्षा गर्न आवश्यक ठानेमा नेपाल सरकारले आवश्यक प्रवन्ध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिको अनुरोधमा सुरक्षा प्रवन्ध गरिएकोमा त्यसको लागि लाग्ने सम्पूर्ण खर्च अनुमतिपत्र प्राप्त व्यक्तिले व्यहोर्नेछ ।